काठमाडाैं, २५ असार
जुलाई १३ देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टीमको विदाइ गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच खेलकुलमन्त्री डिगबहादुर लिम्बूलगाउत क्यानका पदाधिकारीले नेपाली टोलीलाई विदाइ गरेका हुन् ।
प्रतियोगिता १३ जुलाई देखी २३ जुलाईसम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपालको समूहमा युएई, किस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् ।
विदाइ कार्यक्रममा राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले इमर्जिङ कपलाई निकै महत्वका साथ हेरेको भन्दै जीतको लक्ष्यका साथ खेल्ने बताए । उनले खेलाडीलाई सरकारले आवश्यक सहयोग गर्नुपर्ने र फुटबलमा भएजस्तो खेलाडी पलायनलाई रोक्नुपर्नेमा जोड दिए।
त्यस्तै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पछिल्लो समय नेपाली टिमले धेरै अनुभव हासिल गरेको र इमर्जिङ कपमा राम्रो नजिता निकाल्ने बताए।
नेपालले १४ जुलाईमा पहिलो खेल पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेलमा १७ जुलाइमा भारत ए को सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । २१ जुलाइमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । फाइनल २२ जुलाइमा हुने तय भएको छ ।