वर्ल्ड च्याम्पियनसिपमा जाने नेपाली पाैडी टाेलीकाे बिदाइ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, २ साउन

जापानको फुकुओका सहरमा आयोजना हुने वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंगलबार राष्ट्रिय झण्डा सहित टोलीलाई बिदाइ गर्नुभयाे।

ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको यस च्याम्पियनसिपमा नेपालका गौरीका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नुहुनेछ ।

नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीको प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, व्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा सञ्जय शाह रहनुभएको छ ।

अध्यक्ष बज्राचार्यले सोही अवसरमा हुने एक्वाटिक कांग्रेसमा पनि भाग लिनुहुनेछ । नेपाली टोली बुधबार जापान प्रस्थान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको