महिला क्रिकेट टोलीलाई पहिलोपटक विदेशी प्रशिक्षक

समाचार शेयर गर्नुहोस्

काठमाडौं, २१ साउन

भारतीय पूर्वक्रिकेटर देवीका पालशिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला क्रिकेट टिमका लागि पहिलो महिला प्रशिक्षक ल्याएको जानकारी गराएको हो ।

क्यानले २८ अगस्टदेखि मलेसियामा हुने आइसिसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रूपमा देवीकाले प्रशिक्षण दिने जनाएको छ ।

क्यानले प्रतियोगिताका लागि २४ सदस्यीय टोलीसमेत घोषणा गरिसकेको छ । नेपालले अगस्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र यूएई तथा समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्याण्ड र म्यानमार रहेका छन्। प्रतियोगिता हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने २ टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको