विश्वकपको एसिया क्षेत्र छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टोलीका सदस्यलाई अखिल नेपाल फुटबल संघले जनही ५१ हजार रुपैयाँ दिने भएको छ ।
खेलाडीहरुलाई बिहीार नै रकम प्रदान गरिने एन्फा महासचिव किरण राईले जानकारी दिए । ‘हामी आजै उहाँहरुको बैंक खातामा पैसा पठाउनेछौं’, उनले भने ।
३० असोजमा लाओससँग खेलेर बुधबार राति नेपाली टिम स्वदेश फर्किएको थियो । त्यस क्रममा खेलाडीलाई स्वागत गर्दै एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले खेलाडीलाई पुरस्कार घोषणा गरेका हुन् ।
नेपाली टिम पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ ले पराजित गरेको नेपालले दोस्रो चरणमा प्रवेश गरेको हो ।