वर्षाकाे वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै अन्त्य

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

नायिका वर्षा सिवाकाेटिकाे वैवाहिक सम्बन्ध १० महिनामै टुटेकाे छ।उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् ।

अमेरिका बस्दै आएका आशिषसँग गत वैशाख ९ गते परम्परागतका साथ विवाह गरेकी थिइन्। छाेटाे प्रेमपछि उनिहरू वैवाहिक जिवनमा बाधिएका थिए। तर आपसी असमझदारीका कारण १० महिनमै उनिहरू अलग भएका हुन्। बिहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् । तर, छोटो समयमै नेपाल फर्किइन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो ।

यस्तै वर्षाले अहिलेसम्म आफ्नो दाम्पत्य जीवनबारे मौनता साँधिरहेकी छन् । आशिषले वर्षासँग छुटिनुका साथ झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका हुन् । उनीहरुको हिजो झापामै विवाह भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको