काठमाण्डाैँ,
नाबालिका बलात्कार मुद्धामा एक वर्षसम्म तनँहु कारागारमा जेलजिवन बिताएर हिरासतमुक्त भएका अभिनृता शाह केहि समयकाे बिश्रामपछि म्युजिक भिडियाे सुटिङका लागी मुस्ताङ आएका छन्। उनी ‘आँशु बनी नखस कहिले नि’ बोलको गीतमा अभिनय गर्न मुस्ताङ आइपुगेका हुन्।
बिहीबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा म्युजिक भिडियोको छायांकन भएको छ। लामो समयको अन्तरालपछि पहिलो म्युजिक भिडियोको काम मुस्ताङबाटै सुरु गर्ने अवसर पाउँदा आफू गौराञ्वितत भएको अभिनेता शाहले बताए। यस्तै उनले मुस्ताङजस्ताे धार्मिक तथा पर्यटकीय जिल्लामा आएर काम गर्न पाउदा आफु खुसी भएकाे उल्लेख गरेका छन्।
जेल’पर्यटन प्रवर्द्धनका लागि म्युजिक भिडियो पनि महत्त्वपूर्ण माध्यम हो। यसले यहाँको कलासंस्कृति, भूगोल र यहाँको रमणीय स्थलको परिचय दिने सन्देश दिन्छ,’ शाहले भने।
ऋषि खड्काको शब्द रहेको गीतमा स्वयं खड्का र अन्नु चौधरीको स्वर रहेको छ। म्युजिक भिडियोको नृत्य निर्देशक सान थापाले गरेका छन् भने पल शाह र शनिसा भट्टराईको अभिनय रहने छ। म्युजिक भिडियोको छायांकन कागबेनी र जोमसोममा हुनेछ।