२६ जेठ, काठमाडाैं
गर्मी कम नभएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरू थप एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ।
यसअघि गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गते सम्म महानगरमा रहेका बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको थियो ।
महाशाखा प्रमुख अरविन्दलाल कर्णका अनुसार अझ केही दिनसम्म तापक्रम बढ्दो अवस्थामै रहने देखिएकाले असार एक गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा थप गरिएको हो ।