नेपाली बजारमा भीजी अटोमोबाइल्सले सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’औपचारिक रूपमा सार्वजनिक गरेको छ । सोमबार औपचारिक रूपमा नेपालका लागि कम्पनीले सुजुकी एभेनिस लन्च गर्न लागेको बताइएको छ ।
नेपाली बजारमा उक्त स्कुटरले प्रमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र सुजुकीको स्थानलाइ अघि अपेक्षा कम्पनीले गरेको छ । सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको जसले ६७५० आरपीएममा ८७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ भनि कम्पनीले जनाएको छ ।
चार्जिङ पोटे,डिजिटल कन्सोल,एलइडी हेडल्याम्प र टेन्टल्याम्प,एलइडी डिआरएल मुख्य फिचरको रूपमा स्कुटरमा छन् । फ्रन्टमा ग्लाेवबक्स,साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिने र कुल वजन १०६ केजी रहेको कम्पनीले बताइएको छ ।
उक्त सुजुकीको स्कुटर आधिकारिक शोरममा सम्पर्क गरेर बुकिङ गर्न र लिन सकिने कम्पनीले जनाइएको छ ।