भाद्र ७,२०७९
लुम्बिनी-रूपन्देही जिल्लाको बुटवलबाट पाल्पाका पर्यटकीय स्थल जोड्ने गरी दुई वटा केबलकार निर्माण अहिले धमाधम भइरहेको छ ।
बुटवलबाट पाल्पाको नुवाकोटसम्म एउटा र अर्को वसन्तपुर डाँडासम्म ओहोरदोहोर हुने गरी यो कार्य निर्माण भइरहेको हो । यसै वर्ष ०७९ भित्र निर्माण पूरा गरेर सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । निर्माणका लागि ०६२ सालमा लाइसेन्स पाएका दुवै कम्पनीले रुख कटान अनुमति पाएपछि निर्माण थालेका हुन् ।