उमेर नपुगि भागी विवाह गर्ने चलन बढ्दै

समाचार शेयर गर्नुहोस्

शुक्रबार,भाद्र १०,२०७९
अहिले बालबालिकाहरू कमै उमेरमा उमेर नपुगि भागी विवाह गर्ने चलन बढ्दै गएको र यसरी भागेर विवाह गर्दा केटी पक्षको ले केटा पक्षमाथि बलात्कार तथा अपहरणको मुद्दा हाल्ने गरेकाेले विवाह गर्ने उमेर घटाउनुपर्ने तर्क गरिएको छ ।

वर्तमान कानुनमन्त्रीले १६ वर्षमा नागरिकता र १८ वर्षमा भोट हाल्न पाएपछि विवाहको उमेर २० वर्ष किन राख्ने भन्दै संसद्मै विवाहको उमेर घटाउने वकालत गरेपछि बहस झनै तातेको छ । एउटा प्रमुख मुद्दा महिला आन्दोलनको बालविवाह अन्त्य हुनुपर्ने रहिआएको थियो । त्यसैले महिला अधिकारकर्मीहरू करिब १०० वर्ष पुरानो यो मुद्दामा प्राप्त उपलब्धिलाई जोगाउनुपर्नेमा खोस्न खोजिएको भन्दै व्यापक विरोधमा उभिएका छन् । हिजोआज विवाहको उमेर २० वर्ष नभइ १८ वर्ष गर्नुपर्ने बहस चलिरहेको छ र यस्तो बहस विभिन्न महिलावादी संघसंस्थाको मञ्चदेखि संसद्को रोस्ट्रमसम्म पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको