कालीमाटीमा किसानहरूकाे धर्ना, बजारका ५० प्रतिशत सटर र स्टल किसानले पाउनुपर्ने माग

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१२ साउन

कालीमाटी तरकारी तथा फलफूल बजारका सटरहरु बिना प्रतिष्पर्धा भाडा दिन लागिएको भन्दै शुक्रबार पनि राष्ट्रिय किसान सञ्चालनले धर्ना दिएकाे छ। आज बिहान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको हो ।

उनीहरूले बिनाप्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न पनि माग गरेका छन् । त्यस्तै समितिअन्तर्गत रहेका ५० प्रतिशत सटर र स्टलहरू उत्पादक किसानलाई छुट्याउनुपर्ने पनि माग उनीहरूको छ । त्यस्तै बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि हुनुपर्ने पनि उनीहरूले माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *