काठमाडौं,२३ साउन
रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् ।
मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको हो ।
चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।