काठमाडौँ,२८ साउन
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको प्रमाण ल्याउन चुनौती दिएका छन् ।
आइतबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै अर्थमन्त्री डा महतले भने,‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’
मन्त्री महतले यो प्रकरणमा आफ्नो नाम जोडिनु कल्पना बाहिरको कुरा रहेको बताए। ‘सुनको विषय त मेरो कल्पनाभन्दा बाहिरको विषय हो। त्यसकारण ममाथि यस्तो लान्छना आउनुभन्दा पहिले सोचिदिएको भए हुन्थ्यो,’ उनले भने।