काठमाडौं,३० साउन
बलिउड फिल्मस्टार अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।
अक्षय आफैंले ट्वीट गर्दै नागरिकता पाएको जानकारी दिएका हुन्। उनले अब मन र नागरिकता दुवै भारतीय भएको लेखेका छन् ।
अक्षयले लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’
यसअघि अक्षय कुमार क्यानाडाका नागरिक थिए।