बागेश्वरधाम बाबा नेपाल आउँदै प्रधानमन्त्री सँग भेटवार्ता हुँदै

समाचार शेयर गर्नुहोस्

काठमाडौं

बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) आज नेपाल आउँदैछन् ।

चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासी स्थित शाश्वत धाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आउन लागेका हुन् ।

दिल्लीबाट आज काठमाण्डौं आउदै गरेका बागेश्वर बाबाले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै पशुपतिनाथको दर्शन गरेर उनी शुक्रबार तीन दिने प्रवचनका लागि शाश्वत धाम नवलपुर पुग्ने कार्यक्रम रहेको छ ।

बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन्। उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् ।

सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहाँ जाँदा उनले पर्ची हेरेर उनको मनको कुरा, विगत र दुःख निवारणको उपायहरु बारे बताउने गर्दा भारतमा कलिला उमेरका प्रसिद्ध बाबाको रुपमा प्रख्यात भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको