अर्घाखाँचीमा ४८ किलोमिटर सडक ग्राभेल गरिँदै

समाचार शेयर गर्नुहोस्

अर्घाखाँची : राप्ती नदी वारी अर्घाखाँची जिल्ला पर्छ। तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिँगे हुँदै १ सय २० किमी सडक यात्रा गर्नुपर्छ।

लुम्बिनी प्रदेशको राजधानी रहेको भालुबाङ अर्घाखाँचीकै सिमाना भए पनि सदरमुकाम सन्धिखर्कबाट महेन्द्र राजर्मार्गको कपिलवस्तुको गोरुसिँगे, चन्द्रौटा, धानखोला हुँदै मात्र जान सकिन्छ।

गच्छे भालुबाङ सडक निर्माण हुने हो भने अहिले गोरुसिँगे हुँदै जानुपर्ने सडक भन्दा ४७ किमी छोटो पर्छ। अर्घाखाँचीलाइ लुम्बिनी प्रदेशको राजधानी भालुबाङ जोड्ने गच्छे भालुबाङ सडक निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ। सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले प्रदेशको गौरवको योजनाका रूपमा यो सडक निर्माण कार्य अगाडि बढाएको छ।

सन्धिखर्कको गच्छेबाट सुरु भई ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल, दरबाङ हुँदै भालुबाङसम्म जान सहज र छोटो सडक निर्माण कार्य भइरहेको छ। गच्छेबाट टोड्केसम्मको १८ किलो मिटर सडक ग्राभेल कार्य सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका सबइन्जिनियर टोपबहादुर दर्लामीले बताए।

उक्त सडकको विस्तार तथा ग्राभेल सहितको कार्य काष्टमण्डप निर्माण सेवाले १२ करोडको लागतमा सम्पन्न गरेको छ। टोड्केदेखि लामातालसम्मको ३० किमी सडकको विस्तार तथा ग्राभेलको काम ८० प्रतिशत सम्पन्न भएको छ।

उक्त सडक रौदाहा, एइविसी, अम्मर जेभीले २६ करोड ४७ लाख ७६ हजार ५ सय ८३ रुपैयाको ठेक्का सम्झौतामा सडक विस्तार तथा ग्राभेलको काम भइरहेको निर्माण व्यवसायी वसन्त प्रसाद भुसालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *