Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्‍यो मानसरोवर माउन्टेन फ्लाइट

समाचार शेयर गर्नुहोस्

निजी हवाई सेवा कम्पनी श्री एयरलाइन्सले कैलाश मानसरोवरमा माउन्टेन फ्लाइट सेवा सुरु गरेको छ । सोमबार सीआरजे ७०० ९  एन एएमबी विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शन हेर्न सकिने गरी पर्वततीय उडान भरेको छ ।

नेपाली भूभागबाट यसरी मानसरोव दृष्यावलोकनका लागि उडान गरिएको यो पहिलोपल्ट हो । नेपालगञ्जबाट नेपाली र भारतीलगायत पर्यटकका लागि ध्यानमा राखेर यो सेवा सुरु गरिएको श्री एयरलाइन्सले जनाएको छ । मुख्यगरी धार्मिक पर्यटकलाई ध्यानमा राखेर यो सेवा सुरु गरिएको हो ।

श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्ज, पाथिल होलिडे काठमाडौंको सहकार्यमा २७ हजार फिटमाथिबाट कैलाश तथा मानसरोवर दर्शनका लागि यो उडान सेवा गरिएको छ । सोमबार पहिलो उडानमा क्याप्टेन प्रफुल्ल बैद्य तथा क्याप्टे राजेश श्रेष्ठको नेतृत्वमा चालकदलका ५ सहित ४४ जना यात्रु रहेका थिए ।

३५ वटा सिटको झ्यालबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन पश्चात यात्रुलाई काठमाडौंस्थित पशुपतिनाथको समेत दर्शन गराउने योजना रहेको श्री एयरलाइन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको