Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

माघ २४ लाई बिगेसोले गोर्खा सैनिकहरूको ऐतिहासिक दिवसका रूपमा मनाउने

समाचार शेयर गर्नुहोस्

काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले माघ २४ गतेलाई सम्पूर्ण गोर्खा सैनिकहरूको ऐतिहासिक दिवसको रूपमा मनाउने निर्णय गरेको छ । बिगेसोले गोर्खा सैनिकहरू विरुद्ध भैरहेको अन्याय, असमानता र विभेदका विरुद्ध न्याय, समानता र स्वाभिमानका लागि विभिन्न आन्दोलन चलाउँदै आएको छ ।

बिगेसोले सर्वोच्च अदालतबाट वि.सं. २०७९ माघ २४ गते निर्देशनात्मक आदेश प्राप्त गरेको थियो । सन् १९४७ नोभेम्बर ९ को गोर्खा भर्तीसम्बन्धि त्रिपक्षीय सन्धि खारेजीको विषयमा बिगेसोले दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चले कार्यान्वयनका निम्ति निर्देशनात्मक आदेश जारी गरेको थियो । सो दिनलाई सम्पूर्ण गोर्खाले ऐतिहासिक उपलब्धि हासिल गरेको महसुश गरेका बिगेसोले जनाएको छ ।

बिगेसोले यही माघ २४ गते काठमाडौंको शान्ति बाटिकामा वृहद्‌ जनप्रदर्शन र जनसभा लगायतका कार्यक्रम सम्पन्न गर्न गइरहेको बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बुले जानकारी दिएका छन् । यो विषय गोर्खाहरूको समस्या मात्र नभएर सम्पूर्ण नेपाल र नेपालीहरूको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतासँग जोडिएको विषय रहेको उनले बताए ।

अध्यक्ष लिम्बुले भने, ‘सार्वभौम सम्पन्न नेपालीमाथि भएको पक्षपातपूर्ण सन्धिको विरुद्धमा हामी नेपालीहरू एकजुट भएर वि.सं.२०७९ माघ २४ गतेको फैसला कार्यान्वयनका लागि संगठित भएर दबाबपूर्ण अन्दोलन गर्ने बेला आएको छ ।’

सन् १९४७ को नेपाल, भारत र संयुक्त अधिराज्यबीच भएको त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ती भएका गोर्खा सैनिकहरूका कतिपय मागहरू पूरा भए पनि धेरै मागहरू पूरा हुन सकेका छैनन् ।

गोर्खा सैनिकहरू विरुद्ध भैरहेको अन्याय, असमानता र विभेदका विरुद्ध न्याय, समानता र स्वाभिमानका लागि आन्दोलन र संघर्षको सुरुवात भएको तीन दशक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको