Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

मागमै सिमित रह्यो तामाखानी उत्खलनकाे सवाल

समाचार शेयर गर्नुहोस्

मुगु- कर्णाली प्रदेशकाे विकट जिल्ला मुगुको पूर्वी मुगुमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फू नाम्लाङला खोला क्षेत्रमा रहेको प्राचिन तामाखानी अन्वेषण गरी उत्खनन गर्न स्थानीयले सरकारसँग पटकपटक माग गरेका भए पनि यस बारे कतै पनि सुनुवाई नभएपछि मुगालीहरूकाे तामा उत्खलनकाे सवाल मागका मात्र सिमित रहेकाे छ ।

संघीयता लागु भएपछि तामाखानीले मान्यता पाउने र उत्खनन हुने आशमा बसेका जनताहरू संघीय सरकारले यसबारे पहल नगर्दा स्थानीय जनताको तामा उत्खलन गर्ने आश मागमा मात्र सिमित रहन पुगेको हो ।

मुगुमकार्मारोङ- १, डोल्फू गाउँदेखि ५ घण्टा टाढा नाम्लाङ खोला क्षेत्रको पालाङजे, इटिङ र थोङवा भन्ने स्थानमा गरी तीन स्थानमा पुरै पहाड नै तामाखानी भएकाे स्थानीय बताउँछन् ।

गत वर्ष झोलुङ्गे पुल क्षेत्र विकास समितिले तामाखानी जाने डोल्फू कर्णाली नदीमा पुल बनाएपछि आउजाउमा सहज भएको छ । पहिले स्थानीय बासिन्दाले काठे पुलबाटै आउजाउ गर्थे । ‘हाम्रो तामाखानी उत्खननमा प्रदेश र संघीय सरकारले चासो दिएन,’ गाउँपालिका उपाध्यक्ष छिरिङ फुटिक लामाले भनिन्, ‘खानी नै नभएको ठाउँमा सरकारको ध्यान जान्छ, यहाँको तामाखानीमा सरकारको आँखा परेन ।’ उनका अनुसार नाम्लाङखोला क्षेत्रमा जताततै तामाखानी छन् ।

पहिले यहाँका ५५ घरधुरीले खानीबाट तामाका डल्ला निकालेर विभिन्न भाँडा बनाएर बेच्ने गरेको उनको भनाइ छ । भारतको अल्मोडाको तामाभन्दा यहाँको तामा उत्कृष्ट देखिएको स्थानीय बताउँछन् । पहिले यहीँकाे तामु उत्खलन गरी दाेल्फुका लामा जातिका मानिसहरू स्थानीय परम्परागत प्रबिधिले तामा उत्खलन गरी तामाका ताउला, गाग्री, हुडा, खड्बुडा बनाई साबिकका कर्णाली अञ्चलका मुगुलगायत हुम्ला, डाेल्पा, कालिकाेट र जुम्लामा बिक्री गर्ने गरिएकाे स्थानीयले बताएका छन् ।

तत्कालीन समयमा तामा उत्खलन, गर्ने, प्रसाेधन गरी विभिन्न भाँडाकुँडा बनाउने र बेच्ने व्यावसाय बनिसकेकाे थियाे । सरकारले तामा उत्खलनमा राेक लगायपछि दाेल्फुका लामाहरूकाे तत्कालीन समयमा उनीहरूकाे गरी खाने व्यवसाय नै संकटमा परेकाे थियाे । करिब १ सय वर्षअघि बनेका तामाका भाँडाहरू गाँउघरका दूरदराजमा अहिले पनि जस्ताका तस्तै पाउने गरिएकाे छ ।

सन् १९७५ देखि सरकारले डोल्फूको तामाखानी उत्खननमा प्रतिबन्ध लगाएको स्थानीय बताउँछन् । गाउँपालिकाले पनि खानी अन्वेषण गरी उत्खननका लागि खानी तथा भूगर्भ विभागमा लिखित तथा मौखिम रुपमा आग्रह गर्दै आएको जनाएको छ ।

माघ ३ गते मुगुम कार्माराेङका अध्यक्ष, उपाध्यक्षले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलाई भेटेर लिखित रुपमा खानी अन्वेषण गरी उत्खननको माग गरेको अध्यक्ष छिरिङक्याप्ने लामाले जानकारी दिए ।

घिमिरेले पनि यहाँको तामाखानी अन्वेषणका लागि आगामी चालु आवमा बजेट व्यवस्था गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाे पनि अध्यक्ष लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको