काठमाडौं-यति बेला क्रिकेट खेलप्रेमीहरु काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानाडाबीच भइरहेको क्रिकेट म्याच हेरिररहेका छन् । नेपाल र क्यानडाबीच एकदिवसीय शृंखलाको खेल भइरहँदा बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लागेको छ ।
मर्थकले सन्दीपको पक्षमा ब्यानरसहित नाराबाजी गरेका हुन् । उनीहरुले सन्दीप चाहियो भन्दै नारा लगाएपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । ४०औँ ओभरमा खेल चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नाराबाजी गर्दा केहीबेर खेल नै प्रभावित भयो ।
‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षेप गर्यो । केहि बेर स्थिति तनावग्रस्त नै भयो । प्रहरीले दर्शकले बोकेका केही ब्यानर खोस्नुको साथै दुई जनालाई नियन्त्रणमा समेत लियो । त्यस्तै मैदान भित्र रहेका खेलाडिले पनि खेल छाडेर केहि समय दर्शकहरुको गतिविधि नियाल्न थालेका थिए ।
आज लामिछानेको स्थानमा सूर्य तामाङले खेलेका छन् । लामाङको कुरा गर्नु पर्दा उनी राम्रो स्पिन फ्याँक्न सक्ने भएपनि ब्याटिङ कमजोर छ ।
नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो ।