अद्भूत प्रदर्शन र फेरिएको संरचनाले क्रिकेटमा जागेको आशा

समाचार शेयर गर्नुहोस्

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले सन् २०२३ मा ठूलो सफलता हासिल गर्‍यो । एक दिवसीय मान्यता जोगाउन मुस्किल देखिएको परिस्थिति बदल्दै नेपालले सीधै विश्वकप छनोट प्रतियोगिता खेल्यो । यो उपलब्धि अगाडि नेपाली क्रिकेटमा धेरै घटनाक्रम विकास भएका थिए ।

तर, गतवर्ष माघ २३ गते भारतीय मूलका मोन्टी देशाई नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा आएसँगै क्रिकेट टिमको प्रदर्शन अविश्वसनीय मात्र भएन, लगभग सकिएको विश्वकप छनोटसम्मको यात्रा निश्चित गर्‍यो । त्यो मात्र होइन् नेपाल पहिलो पटक एशिया कपका लागि छनौट भयो । अनि यी प्रतियोगितामा नेपाली टिमको प्रदर्शन सम्झन लायक रह्यो ।

नेपालले आइसीसी टी-२० विश्वकप छनोटमा आफ्नो उत्कृष्ट प्रदर्शन कायम गर्दा १० वर्षपछि विश्वकप यात्रामा आफ्नो उपस्थिति पक्का गर्‍यो । सन् २०२३ भरि आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चामा रहेको नेपाली क्रिकेटले सन् २०२४ को सुरुवात पनि दमदार गरेको छ ।

पहिलो पटक एकदिवसीय मान्यता पाएको क्यानडासँग घरेलु मैदानमा द्विपक्षीय सिरिज खेलिरहेको नेपालले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दा एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ । भर्खरै सम्पन्न प्रधानमन्त्री कप र १९ वर्ष मुनिको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई अवसर दिइएको यो प्रतियोगितामा उनीहरुको प्रदर्शन पनि गज्जबको देखिएको छ ।

पछिल्लो समय नेपाली क्रिकेटमा देखिएको आत्मविश्वासले क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने बताउँछन्, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ । यो प्रदर्शनले नेपालको टेष्ट सपना छिट्टै पूरा हुनसक्ने आशा जगाएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *