चितवन । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले कौशिल्या चौधरीको संयोजकत्वमा माडी नगर समिति बिस्तार गरेको छ ।
१५ सदस्यीय सो समितिको उपाध्यक्षमा दुर्गा बहादुर अधिकारी र दीप श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा भोजप्रसाद महतो, भीम कुमारी गुरुङ, वनकुमारी गुरुङ, युद्ध गुरुङ, बलराम विश्वकर्मा लगायत रहेको जनाइएको छ ।
नागरिक बचाउ अभियानले २० लाख रुपैंयासम्मको ऋण मिनाहा नभएसम्म र व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन गर्ने, वित्तीय पीडितहरुको तथ्यांक संकलन गर्ने, लघुवित्त र बैंक पीडितहरुको न्यायका लागि ज्ञापनपत्र र दबाब दिने लगायतका कार्यक्रम रहेको जनाएको छ ।
उक्त कार्यक्रममा नागरिक बचाउ महाअभियान चितवन का अध्यक्ष्य मेगराज पौडेल को प्रमुख आतिथ्यता थियो भने कार्यक्रम नागरिक बचाउ महाअभियान चितवन का सचिब अभिनास खरेल ले संचालन गर्नु भएको थियो ।