चितवन २०८१/०४/१५
आज विहान ९ बजे चितवनमा खिर मेला लागेको छ । राष्ट्रिय पर्वको रुपमा लिइएको श्रावण १५ अर्थात खिर खाने दिन बैदिक सनातन हिन्दू संस्कृतिमा बिषेश महत्व का साथ मनाइन्छ । कतै कतै धान रोपाइ सकेर मैजारो मनाएको भन्ने पनि गरिन्छ। आज चितवन को हाकिम चोक स्थित मालिका मन्दिर मा बिश्व हिन्दु महासंघ चितवन को आयोजनामा १००८ स्वामी को प्रमुख आतिथ्यता, प्रदेश ३ क का सांसद गिर बहादुर तामाङ्ग ज्यु , प्रमुख जिल्ला अधिकारी इन्द्रजीत यादब सहित, प्रहरी प्रमुख भबेस रिमाल लगायत सुरक्षा प्रमुख, रास्वपा अधक्ष्य, राप्रपा उपाध्यक्ष, चितवन उधोग संघ अध्यक्ष लगायतका बिश्व हिन्दु महासंघ चितवन का धार्मिक सामाजिक अभियन्ता ज्युहरुको बिषेश उपस्थिती रहेको थियो । उक्त कार्यक्रम मा केन्द्रिय सदस्य फुल नाथ न्युरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन श्याम पौडेल ले गर्नुभयो । उक्त कार्यक्रम बिश्व हिन्दु महासंघ चितवन का अध्यक्ष्य प्रेम गैरेे को सभापतित्वमा सम्पन्न भएको थियो।
यो पनि पढ्नुहोस, नेपालमा खिर खाने दिन को महत्व
नेपाली चलनचल्तीमा खिर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, विवाह, व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का) हरूले गाँसेर बनाइएका हरिया दुना टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेल रोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।
मानव र दूधको एउटा नमेटिने सम्बन्ध
मानव सभ्यता सँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ । यसबाट बन्ने कैयन मीठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि विश्व समुदायमै प्रिय बन्न सफल छ ।
यस्तै परिकारहरू मध्ये अन्न र दूधको अनुपम सम्मिश्रण यस परिकारमा भोजन, पोषण यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरूले प्राचीन कालमा गरेको समुन्द्र मन्थन सँग सम्बन्धित छ । त्यति बेलादेखि अझसम्म दूधलाई शुद्धीकरण गर्ने तत्त्व र पोषण मिसिएको बहु गुणी अमृतकै रुपमा लिने गरिन्छ ।
आयुर्वेदमा खिर
आर्युवेदमा समेत खिर लाई प्राचीन भोजनका रूपमा व्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षीरमा’ बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ । रोमन सभ्यतामा पनि खिर लाई खानाको एउटा अपरिहार्य तत्त्वका रूपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै-कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ ।
भगवान् श्रीकृष्ण र खिरको प्रसङ्ग
भगवान् श्रीकृष्णले एक दिन साधारण साधुको भेषमा बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएको र जितको बदलामा मन्दिरहरूमा निःशुल्क गरिब दीन-दुःखी हरूलाई खिर खुवाउने सर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान् श्रीकृष्णले राजा माथि विजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीन-दुःखीहरूलाई खिर प्रसादका रूपमा बाँड्ने चलन छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सि याम राज्य अर्थात् थाइल्यान्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।
खीर खाने दिन
छोराछोरी बद्लिन्, कमाई गर्लिन्, दूध-भात देलिन् मलाई यस वाक्यांश नेपाली जनको वार्तालापमा पुस्तौँ पुस्ता चलिआएको छ । छोराछोरीको माया र खिरको स्वादलाई एउटै दैलोमा राखेर तुलना गरिएको छ । खिरको महत्त्व अनि त्यसको स्वाद सन्तानको माया र आत्मीयता सँग गाँसिएको छ । यहाँहरूमा खिर खाने दिवसको शुभकामना
खिर कस्तो परिकार हो?
दूध-भात अर्थात् मीठो र पोसिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूध-भातसँग सख्खर अथवा गुँडको संयुक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म बासमती अथवा तराईतिर पाइने करिया कामत होस् वा टाई चून अथवा अन्य मसिनो बास्नादार चामल त्यो नभए आफूसँग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरिवल जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।