मकवानपुरमा एउटा भैसिले बाघ मारेपछि समाचार भाइरल बाँकी पढौ ।👆👆

समाचार शेयर गर्नुहोस्

मकवानपुर, हेटौडा

बिहीबार बिहान एक भैँसीले बाघलाई मारेको खबर सार्वजनिक भयो । त्यसयता, सामाजिक संजालमा भैँसी र बाघको नै चर्चा भइरहेको छ । सुन्दा अचम्म लागेकाले पनि धेरैले यसका विषयमा प्रश्न गरे ।

सामान्यतया, बाघले ३०० किलोसम्मको भैँसीलाई मारेर अर्को ठाउँ पुर्‍याएर खान सक्छ । तर आज बिहान भने नेपालमा त्यस्तो भएन ।

खासमा यो घटना मकवानपुर गाउँपालिका ६, प्रताप पुरमा घटेको हो । भैँसी पाल्ने बलबहादुर राई हुन् । राईको गोठमा बाँधेको भैँसीले नै बाघ मारेको हो।

यतिबेला मृत बाघको पोस्टमार्टम भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा गरिएको पोस्टमार्टममा बाघ पहिलेदेखि नै घाइते भएको खुलेको छ । बाघ घाइते र कमजोर भएकाले नै भैँसी सँगको लडाइँमा बाघ मरेको हो । बाघको शरीरका विभिन्न ठाउँमा पुराना घाउचोट भेटिएको पोष्टमार्टममा देखिएको छ।

तर, बाघले बाँच्ने अन्तिम प्रयास गर्दा मर्न पुगेको देखिन्छ । सो भाले बाघ जम्मा ८ वर्षको मात्रै थियो । आज बिहान भैँसीको प्रतिकारमा मरेको हो ।

बाघको टाउको र शरीरका विभिन्न ठाउँको घाउमा गन्ध समेत आएको पोष्टमार्टमा देखिएको छ । बाघ पहिले नै जुधेर घाइते भएको पाइएको हो । वयस्क उमेरकै भएपनि अर्को बाघले टोकेकाले त्यो बाघ चोटै चोटले बिरामी थियो । पोष्टमार्टम रिपोर्टमा बाघ दुई सातायता भोकै रहेको पनि खुलेको छ ।

घाइते बाघ खानेकुरा खोज्नका लागि जंगलभित्र पस्न नसक्ने अवस्थामा थियो । त्यसपछि, आफूलाई खाना वा आहार खोज्नकै लागि बाघ बाहिर निस्केको र भैँसी भएको गोठ सम्म पुगेको पाइएको छ । तर भैँसी ठूलो भएकाले उसको प्रतिकारमा बाघ बच्न सकेन । तर, भैँसीको सिङले घाइते बाघको चोटमा नै गहिरो गरी टाउकोमा चोट लागेको पोष्ट मार्टममा देखिन्छ । टाउकोमा गहिरो चोट लागेकाले नै बाघ मरेको खुलेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको