चितवन
हाल नेपाल मा स्वदेशमै केहि गर्न सकिँदैन भनेर जबर्जस्त भाष्य खडा गरिएको छ तर केहि यस्ता उदाहरणहरू पनि नेपालमा छन् जसले यहि देशमा हिलोमा कमल फुलेको झै गरि फुल्ने प्रयास गर्दैछन् ।
चितवन को भरतपुर २- क्षेत्रपुरमा अवस्थित बालापन प्रि स्कुल एण्ड डे केयर सन्चालन गरेकी कोपिला गुरुङ को समय भ्याइनभ्याइ छ उनले ५ वर्ष पहिले चितवन का ब्यस्त बाबु आमाका साना नानिबाबु हरुलाई प्रि स्कुल एण्ड डे केयर बाट सेवा दिदै आएकि छन् । उक्त बालापन प्रि स्कुल एण्ड डे केयरले अति नै ब्यस्त अभिभावकका नानी बाबुहरुलाई डे केयर को सेवा समेत प्रदान गर्देेै आएको बालापन प्रि स्कुलका सन्चालक कोपिला बताउँछिन् ।
हाल १० जनालाई रोजगार दिएकी कोपिला गुरुङ यो पेशा बाट सन्तुष्ट रहेको र अझै सेवाको कार्य बढाउने बताइन ।
उक्त प्रि स्कुलमा नानिबाबुहरुको चौतर्फी विकास लाई बढि महत्व दिइ अन्य क्रियाकलाप, नानिबाबु हरुको स्वास्थ्य तथा सरसफाई लाई बिशेष प्राथमिकता दिइ अगाडी बढिरहेको सञ्चालक बताउछिन्।
तस्बिर सहित