क्षेत्री समाज चितवनले मनायो क्षेत्री दिवश

समाचार शेयर गर्नुहोस्

चितवन, भरतपुर

बिगत देखि नै क्षेत्री समाज नेपालको जिल्ला संगठन ले चितवनमा घटस्थापना दिवशको दिन क्षेत्री दिवश मनाउदै आईरहेको छ । आज पनि घटस्थापनाको अवसर पारेर चितवन क्षेत्री समाजले पहिले जस्तै बिजयादशमी ,तिहार र छठ को अबसरमा शुभकामना आदानप्रदान गर्दै क्षेत्री दिवश मनाएको छ ।  क्षेत्री दिवश को कार्यक्रम मा चितवन जिल्लाको क्षेत्री समाज अधक्ष्य टिकाराम कुँवर, प्रमुख अतिथि युबराज क्षेत्री, बिशिष्ट अतिथी नारायण सिँह कुंवर, अतिथी बाबुराम केसि, बिदुर केसि, सुरज पाठक, मेगराज पौडेल, धनबहादुर कार्की सारदा कुँवर लगायतको आशन ग्रहण रहेको थियो भने आम क्षेत्री महिलालाई महिला सम्बन्धि समस्या मा निशुल्क उपचार गराउने डाक्टर सारदा कुँवर ले प्रतिबद्धता गर्नु भएको थियो ।

उक्त कार्यक्रम मा बोल्दै बरिष्ठ समाजसेवी डाक्टर नारायणसिंह कुँवर ले यो देशमा जातिय संगठन हरुलाई आफ्नो राजनैतिक पार्टीहरू कमजोर बन्ना साथ जातिय कुरा गरेर उचाल्ने र जातिय राज्य मगरात तमुवान बनाउने भन्दै उचालेको कुरा गर्नु भएको थियो यो देशमा जातिय राज्य बन्न नदिन क्षेत्री समाज ले महत्वपूर्ण योगदान दिएको सम्झदै यो देशमा सिस्टम बिकास नभएको र बुद्दिजिबिहरु बिकेको बताउनुभयो ।

उक्त कार्यक्रम मा मन्तब्य राख्नु हुदै जिल्ला युवा सचिब मेगराज पौडेल ले धर्मान्तरण नगर्न नगराउन  चेतावनी दिदै घटस्थापनाकै दिन किन क्षेत्री दिवश मनाइयो भन्ने कुरा बताउनुभएको थियो ।  उक्त कार्यक्रम तिर्सना थापा ले सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको