काठमाडौं, ५ कार्तिक ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थप भएको छ । रविका समर्थकहरु यतिवेला पोखराकेन्द्रित आन्दोलनमा छन् । यद्धपी उनीहरुको आन्दोलन शान्तिपूर्ण नै छ ।
प्रसाईंमाथि सम्पत्ति शुद्धिकरण लगाउने चर्चा पनि छ । प्रसाईंमाथि प्रहरीले झापाको बिर्तामोड गिरिबन्धु टि–स्टेट नजिक उनका समर्थकले चालकलाई बाहिर निस्किन नदिई असोज ७ गते डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेको र सो घट्नामा चालकको निधन भएको घट्नामा प्रहरीले अनुसन्धान जारी राखेको थियो ।
निधन भएका चालक भारतीय नागरिक हुन् । आफ्नो नागरिकलाई आगो लगाएर हत्या गरिएको भन्दै भारत सरकारले पनि चासो राखेको थियो । प्रसाईं साइबर क्राइममा पक्राउ परेकै बेलामा उनका समर्थकले आन्दोलन गर्दा यस्तो घट्ना घटेको थियो ।
आगलागीबाट ट्र्कको अगाडिको भाग पुर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्र्कका चालक भारत इस्लामपुर बस्ने बर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए । उनको सुरुमा झापामै र पछि नर्थ बंगाल मेडिकल कलेजमा उपचार गरिएको थियो । र, उक्त मेडिकल कलेजमा निधन भएको थियो ।