दोश्रो नागरिक बिद्रोह चितवन मा हुने

समाचार शेयर गर्नुहोस्

पौष १ गते

देशमा बढ्दो राजनीतिक अन्याय, सांस्कृतिक दमन, आर्थिक शोषण, र व्यक्तिगत अधिकारमाथि भइरहेको अत्याचारका विरुद्ध आवाज उठाउँदै नागरिक विद्रोह- २०८१ को औपचारिक सुरुवात पोखराबाट भएको थियोे । यस ऐतिहासिक कार्यक्रममा नागरिक स्तरबाट स्वतन्त्र, समावेशी, र सशक्त आन्दोलनको आवश्यकता औंल्याउँदै व्यापक नागरिक सहभागिताले आन्दोलनको महत्त्वलाई पुष्टि गरेकाे आयाेजक टिमले जनाएको छ।

नागरिक विद्रोह -२०८१ ले मानव अधिकारको रक्षा, वित्तीय पीडितहरूको न्याय, भ्रष्टाचारविरुद्ध छानबिन प्रक्रिया सुदृढीकरण, राज्यको अधिनायकवाद अन्त्य, र स्वतन्त्र न्यायिक आयोगको स्थापना जस्ता विषयलाई आफ्नो मुख्य एजेन्डामा राखेको छ। साथै, आन्दोलनले सम्पूर्ण नागरिकको सहभागितामा न्यायसंगत, समान र लोकतान्त्रिक शासन प्रणाली पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पोखराबाट सुरु भएको यो अभियानमा नागरिकको उत्साहजनक उपस्थिति रहेकाे थियो । सहभागीहरूले मानव अधिकार र न्यायका पक्षमा सशक्त दबाब सिर्जना गर्ने उद्देश्यले यस विद्रोहमा आफ्नो पूर्ण समर्थन जनाएका छन्। आयोजकहरूले सुरुवातलाई ऐतिहासिक बनाउने सम्पूर्ण नागरिक, पत्रकार, सुरक्षाकर्मी, र अभियानकर्मीहरू प्रति आभार व्यक्त गरेका छन्।

नागरिक विद्रोह -२०८१ ले प्रत्येक प्रदेशमा वृहत् कार्यक्रम सञ्चालन गरी अन्तिम निर्णायक आन्दोलन काठमाडौँमा गर्ने योजना सार्वजनिक गरेको छ। आगामी कार्यक्रमको सिलसिलामा: पौष ६ गते चितवनको पुल्चोक मा अर्को चरणको कार्यक्रम आयोजना हुनेकुरा आयाेजकले बताएको छ।

सर्वसाधारण, नागरिक समाजका अगुवा, स्वतन्त्र अभियन्ता, र न्यायका पक्षमा उभिने सबैलाई चितवनकाे आयोजना हुने कार्यक्रममा उपस्थित भई नागरिक विद्रोहलाई सशक्त बनाउन हार्दिक अनुरोध गरिएको छ। साथै आयोजकले चितवनमा यहि आउँदो पौष ६ गते पुल्चोक मा कार्यक्रम हुने जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *