चितवनमा २४ गते राजतन्त्र फर्काउने मोटरसाइकल र्याली

समाचार शेयर गर्नुहोस्

भरतपुर २०८१/११/२२

राजा ज्ञानेन्द्रले फागुन ७ गते राष्ट्र जोगाउन जनतालाई साथ दिन आब्हान गरे लगतै देशभर ठुला ठुला प्रदशन र र्याली निकालिएको छ । काठमाडौं, धनगढी,बुटवल र पोखरा लगायतका विभिन्न शहरमा ठुला मोटरसाइकल र्याली निकालिएको देखिन्छ । ठिक त्यस्तै चितवनमा पनि बृहत मोटरसाईकल र्याली निकालिने जनाइएको छ । राष्ट्र बादी नागरिक समुह चितवन र नवलपुर ब्यानरमा विभिन्न अभियान राजनीतिक दल समेतको सहकार्य मा यहि फागुन २४ गते शनिबार बृहत मोटरसाईकल र्याली निकाल्ने तयारी भइरहेको उक्त कार्यक्रमका संयोजक मेगराज पौडेल ले बताए ।

कार्यक्रम पारस बसपार्क मा ११ बजे जम्मा भइ नाराबाजी सहित पुल्चोक, आँपटारी र बाइपास सडक हुदै पुन पारस बसपार्क मा पुगेर सम्पन्न हुने जनाइएको छ । उक्त कार्यक्रममा धन्नै ५००० मोटरसाईकल र उतिनै सङ्ख्या मा नागरिक जम्मा हुने पुर्वानुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको