भरतपुर चितवन
बिचार :- जिबलाल पुरी निर्जरा
भारतका नेताको तस्वीर नेपालको विशुद्ध घरेलु राष्ट्रवादी आन्दोलनमा देखिनु कदापी राष्ट्रियता होईन र यो राम्रो पक्ष होईन। निस्चय नै सरकार होईन ब्यबस्था नै परिवर्तनमा राष्ट्रिय संग संगै अन्तरास्ट्रिय साथ र समर्थन अवस्थ चाहिन्छ नै यस् मानेमा योगि आदित्यनाथको नेपालको राजसंस्था सनात हिन्दु अधिराज्य प्रति वाँहको सदभाव र पबित्र निष्ठा छ । यसर्थ वांहप्रति उच्च सम्मान छ।
आदित्यनाथ भारतको उत्तरप्रदेशको मुख्यमन्त्री मात्र होइनन गोरखपुर स्थित गोरखनाथ मन्दिरका पीठाधिश पनि हुन । गोरखनाथ मन्दिरको गर्भगृहमा प्रवेशको अधिकार गोरखनाथ बाबाको आशीर्वादले नेपाल एकीकरण गरेका बडामहारज धिराज पृथ्वीनारायण शाह र उनका उत्तराधिकारी नेपालका राजा र त्यहाँका पीठाधीशमा मात्र रहेको हुन्छ भन्ने कुरा बुझौं । उनी अहिले पनि त्याँका पिठाधिश हुन। स्वभावतः नेपालको राजसंस्था र सनातन हिन्दुत्त्व प्रति वाँहको भावनात्मक सम्मन्ध र सम्मान छ।
उनी आफैले आज सम्म नेपालको राजनीतिमा निर्देशन, हस्तक्षेप गरेका प्रमाण छैनन् नै । यो फोटो कै कारण नेपालमा योगीजी ( भारत ) लाई विवादमा ल्याउने काम न गरौ मनगढन्ते अर्थ लगाउनु भन्दा पनि कुन संस्था या व्यक्तिले किन र के को लागि यो फोटो प्रदर्शन गरे भन्ने तिर खोजी गर्ने कि? सुनिए अनुसार यो तस्बिर इडिट गरिएको हो आजको होइन आदि/ इत्यादि । यद्यपि यो तस्बिर प्रदीप बिक्रम राणा ज्यु ले टांग्नु भएको भन्ने पनि सुनियो ! वाँह त्यि ब्यक्ती हो जो तत्कालीन राप्रपा नेपाल अध्यक्ष कमल थापा ज्यु संग महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्नु भएको थियो। त्य्सपछी खासै न देखिनु भएको वाँह हाल राप्रपा, राप्रपा नेपाल कतै पनि हुनु हुन्न भन्ने लाग्छ ! ब्यक्ति विशेषको जिम्मा कसैले पनि लिन सक्दैन
..👉️सारंशमा :२०४६ मा भारतको सहयोगमा नाकाबन्दी लगाएर गणेशमान सिंहको घर चाक्सिबातिमा भारतिय नेता चन्द्र शेखरलाई उफारेर बहुदल ल्याईएको थियो।
१२ बुँदे दिल्ली सम्झौता मार्फत राजा फाल्ने निर्णय गरिएको थियो।
भारतीय बामपंथी नेता सांसद सिताराम यचुरीलाई साक्षी राखेर हिज साँसद चलाइको थियो।
नेपालका राजनैतिक दलहरुले नेपालमा कुनै योगदान नै नभएका बिदेशी मार्क्स, लेनिन, माओ र गान्धीहरुलाई आफ्नो आदर्श मानेर पार्टी खोल्न हुने, बोक्न हुने हामीले नेपालको शुभेच्छुक योगि आदित्यनाथलाई किन बोक्न नहुने भन्ने गलत भाष्यको निर्माण नगरौ । हामीले यिनै र यस्तै यस्तै देश द्रोहीहरुका विरुद्ध बिदेशी साम्य्बाद/ समाजवाद न मिसिएको घरेलु राष्ट्रबादी आन्दोलनको प्रारम्भ गरेका है।
राजा ज्ञानेन्द्रको स्वागतमा योगि आदित्यनाथ र राजाको तस्बिर संगै देखिनु निस्चय नै जबर्जस्त प्रायोजित हो जस्तो लाग्छ !
हामीले त हाम्रै ” नेपाल एकिकरणको बिरासतको जगमा राजसंस्थाको ब्यबस्थापनको ” एजेन्डा उठाएका हौ।
साध्य निम्त बिदेशिहरु बोक्नु कालन्तरमा त्यो राष्ट्रियता विरुद्धको तुर्स्टिकरण नै हुने हो र अहिलेसम्मको दृष्यान्तले त्यि नै पृष्ठ गरेको छ। त्य्सैले हामी यस्ता गतिविधि प्रति सजक र सचेत रहन आवस्यक छ।
जय देश जय नरेश।
लेखक जिबलाल पुरी निर्जरा चितवन राप्रापा का बरिष्ट उपाध्यक्ष पनि हुन्