कम्बोडियामा ज्यान गुमाएका पाण्डेको परिवारलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

समाचार शेयर गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालले कम्बोडियाको होटेलमा आगलागीमा परेर ज्यान गुमाएका झापाका निराकार पाण्डेको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।निराकार पाण्डेका बुबा अग्नी पाण्डेसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्री दाहालले शव नेपाल ल्याउन र अन्य सहयोग गर्ने प्रतिदबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री दाहालले बिहीबार कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका थिए ।

बिहीबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले घटनाप्रति दुःख व्यक्त गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा अग्नि पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहालले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको र निराकारको शव नेपाल ल्याउन एवं परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको