काठमाडाैं,
नेपालमा पछिल्लाे २४ घण्टामा थप २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्ये ७६१ जनाकाे पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाकाे एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
यस्तै काेराेनाकाे सक्रिय सङ्क्रमितकाे संख्या ८८ पुगेकाे छ भने संस्थागत ९ जना आईशाेलेशनमा, १ जना आईसीयुमा र १ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ।
बिहिबार मात्र काेराेनाबाट १५ जना संक्रमणमुक्त भएका छन्।