विपन्न, असहाय बिरामीका लागि दश प्रतिशत शय्या छुट्याउन सबै अस्पतालहरूलाई महानगरकाे निर्देशन

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

काठमाडौं महानगरपालिकाले उपचारका लागि आउने विपन्न,असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निशुल्क उपचार गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

लक्षित नागरिकको निःशुल्क उपचार, बिरामीमैत्री सेवा, कर्मचारीहरूलाई नियमबमोजिम न्यूनत्तम पारिश्रमिक, फोहोरमैला व्यवस्थापन तथा क्यान्टिनको खाद्य गुणस्तर पनि मापदण्ड अनुसार गर्न महानगरले आग्रह गरेको छ ।

अनावश्यक प्रयोगशाला परीक्षण सिफारिस नगर्न र लक्षित वर्गले निःशुल्क सेवा पाएको विवरण सार्वजनिक गर्न पनि महानगरले निर्देशन दिएको छ । मापदण्ड र नियमबमोजिम नगर्ने अस्पताललाई स्थानीय सरकार संचालन ऐन २०७४ दफा ११ अनुसार कारबाही गरिने महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको