९ जिल्लामा दादुरा र रूबेलाविरूद्ध खाेप लगाइने

समाचार शेयर गर्नुहोस्

२४ जेठ, काठमाडाैं

सरकारले दादुरा र रूबेला राेगकाे जाेखिम रहेका जिल्लाका बालबालिकालाई खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहि २५ गतेदेखि सो रोगको जोखिममा रहेका ९ वटा जिल्लाका ६ महिनादेखि १५ वर्ष उमेर मुनिका सम्पूर्ण बालबालिकालाई दादुरा–रूबेला खोप दिने भएको हो ।

देशमा विभिन्न जिल्लाहरुमा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जोखिममा रहेका ९ वटा जिल्लामा खोप दिन लागेकाे हाे ।

सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा खोप अभियान सञ्चालन गरिनेछ ।परिवार कल्याण महाशाखा खोप शाखाले सूचना जारी गर्दै नजिकैकाे स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।
दादुरा रोगलाई कोभिड–१९ भन्दा पनि तिब्र गतिले फैलिने रोगका रुपमा लिइने गरिन्छ । साथै यसको मृत्युदर पनि उच्च रहेको छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको