३० जेठ, काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान अस्पताल भर्ना भएका छन्।
मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हाे।
पौडेललाई मंगलबार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने भएको छ। अस्पताल श्रोतका अनुसार भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ।
यसअघि वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो ।