काठमाडाैं,१२ साउन
चितवनका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेंगुको संक्रमण देखिएको छ ।
चालु आर्थिक वर्षको साउन १ देखि १२ गतेसम्म सो संख्यामा डेंगीको संक्रमण देखिएको हो ।
पछिल्लाे २४ घण्टामा मात्रै ४ जनामा डेंगुकाे संक्रमण भेटिएकाे स्वास्थ्य कार्यालय चितवनले जनाएकाे छ।
चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगुको सङ्क्रमण देखिएको कार्यालयका सूचना अधिकारी राम केसीले जनाकारी दिए।