भरतपुर, १२ चैत । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा बालगोपाल श्रेष्ठ चयन भएको छ । श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो। श्रेष्ठ यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए
नयाँ कार्यसमितिको उपाध्यक्षमा साधुराम भट्ट, सचिवमा हिरामणी शर्मा, सहसचिवमा गोविन्द पौडेल, कोषाध्यक्षमा कृष्णबहादुर बुढाथोकी, सहकोषाध्यक्ष मा नारायण खतिवडा चयन भएको छ । सदस्यहरुमा विक्रम पौडेल, सन्तराज शर्मा, गोमा कोइराला चयन भएको छ भने पछि २ जना सदस्य मनोनित गरिनेछ ।
दोस्रो जिल्ला अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । चितवनमा ६ वटा नीजि आर्यूवेद अस्पताल, १५ वटा क्लिनिक, ३ वटा होलसेल सञ्चालनमा छन् । चितवनमा कोभिड–१९ को संक्रमण फैलिएसँगै आयूर्वेद उपचारमा आकर्षण बढेको छ