नेपालबाट ३२ खर्ब रूपैँया पलायन भएकाे दुर्गा प्रसाईकाे दाबी

काठमाडाैं,

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालबाट ३२ खर्ब रुपैयाँ पलायन भएको दाबीका साथ उनले नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा दुवईलगायत विभिन्न मुलुकमा राखेको खुलासा गरेका छन् ।

यस्तै प्रसाईले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेकाे पनि दाबी गरेका छन् । शनिबार काठमाडौँकाे परिस डाँडामा पत्रकार सम्मेलन गरी उनले यस्तो दाबी गरेका थिए।

उनले भने, ‘३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ। मैले जुन माग राखेँ, अहिले एमालेले पनि त्यही माग राख्यो होइन? संघीयता खारेज गर्नुपर्छ भन्ने। दुर्गा प्रसाईं सय कदम अघि रहेछ नि त यी राजनीतिज्ञभन्दा। यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन्।’

उनले अब जनताले नेताहरूलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like