राष्ट्रिय स्वतन्त्र पार्टीमा भष्ट्रहरूलाई कुनै स्थान छैन् : रवि लामिछाने

काठमाडाैं,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीमा भ्रष्टहरुका लागि कुनै स्थान नरहेको दाबी गरेका छन् ।

काठमाडौंको माइतीघरमा भएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ऐक्यबद्धता जनाउन पुगेका सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टहरुलाई कुनैपनि स्थान नदिने र अन्य पार्टीले पनि सोही नीति लिएमा भ्रष्टाचार निर्मूल हुने दाबी गरे ।

उनले भने, ‘भ्रष्टहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनैपनि स्थान छैन् । अन्य राजनीतिक दलहरुले पनि यही गरुन् भन्ने चाहान्छु ।’

शनिबार बिहानैदेखि स्वतस्फूर्त रुपमा सहभागी भएकाहरुले भ्रष्टाचारी विरुद्ध चर्का नारासहित प्रदर्शन गरेका छन्

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like