यूपीकाे बरेलीकाे एक रासायनिक कारखानामा आगलागी , ६ वटा दमकल घटनास्थलमा परिचालन

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

भारतको उत्तर प्रदेशको बरेलीको पर्साखेरा औद्योगिक क्षेत्रको एक रासायनिक कारखानामा शनिबार आगलागी भएको  छ।

प्रहरीका अनुसार विद्युत चुहावटका कारण आगलागी भएको हाे । वरपरका बासिन्दालाई सावधानीका साथ अन्यत्र सारिएको छ। ६ वटा दमकल घटनास्थलमा परिचालन गरिएको छ ।

यस हप्ताको सशुरुमा बुधबार युपीको बरेलीको जेरह गाउँमा दिल्ली–लखनऊ राष्ट्रिय राजमार्ग नजिकै अशोक फोम प्राइभेट लिमिटेडको कारखानामा आगलागी हुँदा चार मजदुरको मृत्यु भएको थियो । ६ जना जलेर घाइते भएका थिए । आगलागी हुँदा भवनभित्र १०० भन्दा बढी कामदार रहेको बताइएको छ । घटनाको सम्बन्धमा कम्पनीका मालिक र अन्य चार जनालाई मुद्दा दर्ता गरिएको युपी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको