कालापानीबाट सुरक्षाफाैज र कर्मचारी फिर्ता गर्न भारतलाई वामदेवकाे आग्रह

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कालापानी, लिपुलेक र  लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा लिखित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपाली भू-भाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनुपर्ने बताएका हुन् । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनहरुले पनि सहयोग गर्ने स्पष्ट पारे ।

नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्शामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गरेका छन्।

भारतले मिचेको भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनहरूले पनि सहयोग गर्ने उनको विश्वास छ । सांसद गाैतमले भने, ‘प्रतिनिधिसभाले सर्वसम्मतिले, नेपालका राजनीतिक पार्टीहरुको सर्वसम्मतिले त्यो कालापानीदेखि, लिपुलेकदेखि, लिम्पियाधुरासम्मको भूभाग नेपालको हो।

नेपालको संसद्‍बाट सर्वसम्मतिले पारित गरेर नक्सा जारी गरियो,’ उनले भने, ‘त्यो नेपालको भूभाग हो भन्ने कुरामा नेपाली जनतामा कुनै दुविधा छैन । अतिक्रमित भूभागबाट भारतीय सेना, भारतीय कर्मचारीहरू तुरुन्त फिर्ता जानुपर्छ । हाम्रो भूमिमा बस्न पाइन्न।’ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको