काठमाडाैं,
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम आमरण अनसनमा बस्नुभएको छ । बर्दियाको बबई नदी जब्दीघाटमा भासिएको पुलको स्पान हटाउनु पर्ने र तत्काल नयाँ पुल निर्माण गर्नुपर्ने लगायतका माग राख्दै उहाँ हिजाेदेखि अनसनमा बस्नु भएकाे हाे ।
उहाँले बबई नदीको जब्दीघाटमा भासिएको पुलको स्पान हटाएर तत्काल नयाँ पुल निर्माण गर्नुपर्ने, बबई नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, बबई सिँचाइ आयोजनामा बजेट थप्नुपर्ने, बर्दियाको भुरिगाउँदेखि तेलपानी हुँदै सुर्खेतसम्म सडक निर्माण यसै वर्षदेखि सुरु गर्नुपर्ने लगायतका १५ बुँदे माग राख्नु भएकाे हाे।
नदीको जब्दीघाट पुलमुनि सांसद गौतमसँगै लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी पनि अनसनमा बस्नुभएको छ । स्थानीय पालिकाका जनप्रतिनिधिहरु पनि उहाँलाई साथ दिन रिले अनसनमा बसेका हुन् ।
अहिले जब्दीघाटमा डुंगा सञ्चालन गर्न अनुमति पाएका ठेकेदारले काठको पुल हालेका छन्, जहाँ एक जना मान्छे तरेको दश रुपैयाँ लाग्छ। साइकल र मान्छे तर्दा २० रुपैयाँ लाग्छ। मोटरसाइकलमा एक जनाको २५ रुपैयाँ र दुई जनाको ३५ रुपैयाँ लाग्छ। अटोरिक्सा तारेको ५० रुपैयाँ लिने गरिन्छ।