काठमाडाैं,
३१ बैशाख गते। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेङ्लाेरबीच खेल हुनेछ ।
खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । राजस्थान १२ खेलमा १२ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा र बेङ्लाेर ११ खेलमा १० अङ्कका साथ सातौँ स्थानमा छ।
त्यस्तै, आज हुने दोस्रो खेलमा बेलुका पौने ८ बजे चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल चेन्नईमा हुनेछ । चेन्नई १२ खेलमा १५ अङ्कका साथ तालिकाको दोस्रो र कोलकाता समान १२ खेलमा १० अङ्कका साथ आठौँ स्थानमा छ।