प्रतिवर्ष १ लाख डलरसहित छात्रवृत्ति पाए यी ४ जना नेपालीले

काठमाडाैं,

अमेरिका सरकारले चार जना नेपालीलाई फुलब्राइट स्कलरसिप प्रदान गरेको छ ।डा.सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवाललाई उक्त स्कलरसिप प्रदान गरेको हो ।

डा. गुप्ता, जसले सामुदायिक अस्पताल स्थापना गरेर नेपालमा स्वास्थ्य सेवाको लागी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनी भक्तिवेदान्त हस्पिटलको सीईओ हुन् ।

यस्तै परियार लेखक तथा अभियान्ता भने लामिछाने नेपाल सरकारका उपसचिव हुन् । त्यस्तै रस्मिता सुवाल नेशनल फरेन्सिक अफिसमा वरिष्ठ वैज्ञानिक अधिकृत हुन् ।

उनीहरूलाई प्रत्येक वर्ष १ लाख अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गर्नेछ । फुलब्राइट स्कलरसिप भन्नाले अमेरिकी सरकारद्वारा विभिन्न देशका अति उत्कृष्ट, समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका, पढाइमा जेहेन्दार व्यक्तिहरुलाई लक्षित गरेर दुई वर्षका लागि दिने छात्रवृत्ति हो ।

यो छात्रवृत्ति पाउनेले अमेरिकाका अति उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न पाउने छन् । उनी जे १ भिसामा अमेरिका जान पाउनेछन् । उनीहरुलाई जहाजको टिकटदेखि खाना बस्नको सम्पूर्ण सुविधासहित जनही १ लाख डलर प्रतिवर्ष पाउनेछन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like