म्यानमारको मण्डले क्षेत्रको न्याउङ–उ सहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा

काठमाडाैं,

मध्य म्यानमारको एउटा सहरमा शनिबार ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा (एकैदिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ । मध्य म्यानमारको मण्डले क्षेत्रको न्याउङ–उ सहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ ।

शनिबार १६१ मिमी  वर्षा रेकर्ड गरिएको छ । चक्रवात मोकाका कारण अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको र आइतबार दिउँसोसम्म देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको  पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गलादेश–म्यानमाको तटीय क्षेत्रतर्फ अघि बढेको चक्रवात मोचाले आइतबार १२० माइल प्रतिघण्टाको गति र पश्चिमी म्यानमाको रखाइन राज्यमा १४ फिट (करिब ४.२६ मिटर) सम्मको आँधीबेहरी आउने अनुमान गरिएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like