मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीकाे हत्या गरेकाे आरोपमा एक जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने ५५ वर्षीय निङमा शेर्पा हुन्।

आफ्नै ५० वर्षीया श्रीमती माेतिमाया पाैडेलकाे हत्या गरेकाे अभियाेगमा टोखा नगरपालिका– ८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका शेर्पालाई शनिबार राति पक्राउ गरिएको हो ।

मादक पदार्थ सेवन गरी एकआपसमा झै– झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।

पक्राउ परेका शेर्पा माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको