नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसहित १२ जनालाई ४ दिनकाे म्याद थप

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप गरिएको छ।

काठमाडौं जिल्ला अदालतबाट आइतबार १२ जनाको थप ४ दिन अनुसन्धानका लागि म्याद थप भएको हो। अहिले सम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राइलगायत १२ जना पक्राउ परिसकेका छन्।

साेही प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझीलाइ पनि प्रहरीले खाेजीएकाे छ । हाल उनि फरार छन् र उनका छाेरा सन्दिप भने अहिले प्रहरीकाे हिरासतमा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन सुरु भएपछि जनस्तर तथा राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानविन र दोषीमाथी कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको