काठमाडौं,
आजदेखि काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक सुरु हुदैछ।
आगामी कार्यदिशा तय गर्नका लागि सो बैठक बस्न लागेको हो।
एसआर बैंक्वेट, धुम्बाराहीमा आज साढे ११ बजेदेखि सुरु हुने बैठक जेठ तीन गतेसम्म चल्ने छ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था र निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका सांगठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति लगायतका विषयमा छलफल गर्ने राप्रपाले जनाएको छ ।