भक्तपुरको फर्निचर तथा सोफा कारखानामा आगलागी

समाचार शेयर गर्नुहोस्

काठमाडौं,

भक्तपुरको सूर्यविनायक नगरपालिका-५, चुनदेवीस्थित फर्निचर तथा सोफा कारखानामा आगलागी लागेको  हो।

आइतबार बेलुका साँझ ७ बजेतिर लागेको आगो राति साढे १० बजेमात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो।

आगो नियन्त्रणका लागि पाँच वटा दमकल प्रयोग गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगो नियन्त्रणमा लिएपछि क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण नखुलेको र क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिएका छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *