शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझी काठमाडाैंबाट पक्राउ

काठमाडाैं,

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन्।उनी काठमाडौंबाटै पक्राउ परेका नेपाल प्रहरीले जनाएको छ ।

रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो । उनलाई बूढानीलकण्ठस्थित नारायण पौडेलको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

वैशाख २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाे थियाे ।

यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like